neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई दियो विपत प्रतिकार्य सामग्री

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई दियो विपत प्रतिकार्य सामग्री

Jul 7th, 2021

काठमाडौ, असार २३

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ । एसोसिएसनले बुधबार बिहान एक कार्यत्रम मार्फत विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, ,खानेपानी प्रसोधन ,करौती,प्राथमीक उपचारको सामाग्री , त्रिपाल, डोरी लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपत नआएको र आइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप सामग्री दिइएको बताइन । यसैगरी राप्रपा का कार्यसम्पादन समिती सदस्य सोभित उप्रेतीले त्यस्तै, एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सेन्ट्रेटरहरु पनि प्रदान गरेको छ । यसअघि कुनैपनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सेन्ट्रेटर नभएका स्वास्थ्य चौकीहरुलाई कन्सेन्ट्रेटर प्रदान गरिने राप्रपा कार्यसम्पादन समिती सदस्य सोभित उप्रेतीले बताए ।

दश लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले बताइन् । एसोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपत्कालीन अवस्थामा सहयोग गर्दै आएको तथा यो सहयोग पनि निरन्तरताको प्रक्रिया भएको जनाएको छ। यस अघी पनि मेलम्चीमा बाढी आउदा हेलम्बु र मेलम्ची बासी को लागी अति आवश्यकता सामाग्री बितरण गरेको अधक्ष्य अन्जु पौडेलले बताइन । चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोग स्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो ।