neapl investment mega bank

हरिणको छाला सहित २ जना पक्राउ

Jul 7th, 2021

झापा, असार २३

कचनकवल गाउँपालिका–३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडुलाई १ थान हरिणको छाला सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–३ अभिमुक्तेश्वर सामुदायिक बनमा उनीहरु लगायतका ब्यक्तिहरुले हरिण मारी छाला काटि घरमा सुकाई रहेको भन्ने बिशेष सूचानाको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छाला सहित दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन बन कार्यालय झापामा बुझाइएको तथा घटनामा संलग्न रहेका हाल फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।