neapl investment mega bank

नेप्से सुचक तथा कारोवार रकम दुबै घटे

Jul 7th, 2021

काठमाडौ, असार २३

नेप्से सुचक तथा कारोवार रकम दुुबै घटेकाछन । नेप्से आज बुुधबार १६ दसमलव ९७ अंकले घटेर २८ सय एक दसमलव १३ अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव पाँच अंकले घटेर पाँच सय २५ दसमलव २४ अंकमा झरेको छ । दुुई सय २२ वटा कम्पनीहरुको ४६ हजार एक सय ८३ पटकको कारोवारमा एक करोड १६ लाख ६४ हजार दुुई सय सात कित्ता सेयर किनबेच हुंदा कुुल कारोवार रकम चार अर्ब ५८ करोड ५८ लाख ६१ हजार नौ सय ७६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा बिकास बैंक र लघुुबित्त समुहको सुचक बढेकाछन भने बाँकी समुहको सुचक भने घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ७१ अंकले घटेर १९ सय नौ दसमलव ६२ अंकमा झरेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सेञ्चुरी कर्मसियल बैंकको संस्थापक सेयर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने छिमेक लघुुबित्त बित्तीय संस्था परेको छ ।