neapl investment mega bank
  • गृहपृष्ठ
  • जगदम्बा सुपर शाइन तथा ग्याल्भाप्लसको फ्याक्ट्री उद्घाटन

जगदम्बा सुपर शाइन तथा ग्याल्भाप्लसको फ्याक्ट्री उद्घाटन

Jul 6th, 2021

काठमाडौ, असार २२

जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष शंकरलाल अग्रावालले कम्पनीको आगामी उत्पादनजगदम्बा सुपर शाइन (रंगीन जस्ता पाता) तथा ग्याल्भाप्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन् । उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ ।

यस सिआरएममिलको जटिल डिजाईन, जडान कार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राद्वारा गरिएको हो जो ग्याल्भालुम् तथा कलर कोटिङ्घ उत्पादन प्रबिधिमा बिज्ञहुनुहुन्छ ।
जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्तापाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समययता जानकारी दिँदै आएको थियो । जगदम्बा सुपर शाइन तथा ग्याल्भाप्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुुरामा कम्पनी विश्वस्त छ ।

विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भाप्लस नाम दिइएको हो । नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाईन प्रविधिबाट उत्पादनहुुने जगदम्बा सुपर शाइन तथा ग्याल्भाप्लस अन्य साधारण जस्तापाताको तुुलनामा अत्यधिक मजबुुत र टिकाउ हुने जानकारी दिएको छ ।