neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रदेश सरकार विकासका काम अघि बढाउन चुके, लुम्बीनी बाहेक सबैको खर्च ५० प्रतिशतभन्दा कम

प्रदेश सरकार विकासका काम अघि बढाउन चुके, लुम्बीनी बाहेक सबैको खर्च ५० प्रतिशतभन्दा कम

Jul 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार २२

प्रदेश सरकारले प्रदेश स्तरमै अघि बढाउन पर्ने बिकासका काम अघि बढाउन नसक्दा उनिहरुले खर्च गर्न सकेका छैनन् । सहि तरिकाका योजना बनाउन नसक्दा उनिहरुले खर्च गर्न नसकेका हुन् ।

प्रदेश सरकारका योजनाहरु पनि स्थानिय सरकारले बनाउनुपर्ने खालका बनाएकाले नै खर्च नभएको बिज्ञहरु बताउँछन् । प्रदेश सरकारले बिकास निर्माणका कामहरु तिब्रताका साथ अघि नबढाउने हो भने मुलुकले खोजेको समृद्धि पुरा हुन सक्दैन ।

प्रदेशमा गएसँगै बढेको सरकारको खर्चलाई बिकास निर्माणकाकाम अघि बढाएर राजस्व मार्फत परिपूर्ति गरिनुपथ्र्याे, तर यो संभव भएको छैन ।

एकिकृत शासन व्यवस्थाका कारण काठमाडौं र शहर केन्द्रित बिकास भएको र कर्णाली, सुदुरपश्चीम बिकास हुन नसकेको भनेर मुलुक ४ वर्ष अघि संघियतामा प्रवेश गरेको थियो । देश संघियतामा प्रवेश गरेपनि कर्णाली, सुदरपश्चीम सँगै प्रदेश नम्बर दुईमा बिकास काम द्रुत गतिमा अघि बढ्न सकेका छैनन् ।

बिकास खर्चमा पनि कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । कर्णाली प्रदेशले जेठ मसान्तसम्म २० दशमलव नौ एक मात्रै खर्च गरेको छ।

गत वर्ष कुल बजेटको ३८ प्रतिशत मात्रै खर्च गरेको कर्णाली प्रदेशले यो वर्षको ११ महिनाबित्दा २६ प्रतिशत भन्दा माथि जान सकेको छैन । बिकास खर्च गर्नेमा यो वर्ष पनि कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ ।

प्रदेश सरकारहरुले अपेक्षित मात्रामा बिकासका काम अघि बढाउन सकेका छैनन् । यो वर्षका ११ महिना बित्दासम्म लुम्बीनी प्रदेश बाहेक कुनैपनि प्रदेशले बिकास निर्माणका लािग छुट्टाइएको रकम आधा पनि खर्चन सकेका छैनन् ।

दुई नम्बर प्रदेशले गत वर्ष कुल बजेटको ४६ प्रतिशत खर्च गरेकामा यो वर्षको ११ महिनामा जम्मा ३१ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश दुईले बिकास खर्च यो समयमा २८ दशमलव सात तीन प्रतिशत मात्रै खर्च गरेको छ ।

त्यस्तै गत वर्ष ५४ प्रतिशत बजेट खर्चेको सुदरपश्चीमले यो वर्षको ११ महिनामा ३९ प्रतिशत खर्चेको छ । गत वर्ष कुल बजेटको ६३ प्रतिशत खर्चेको गण्डकी प्रदेशले यो वर्षको ११ महिनामा ४२ प्रतिशतको हाराहारीमा खर्चेको छ ।

गत वर्ष सबैभन्दा बढि खर्च अर्थात कुल बजेटको झन्डै ७० प्रतिशत खर्चेको लुम्बीनी प्रदेशले यो वर्षको ११ महिनामा पनि अन्य प्रदेशभन्दा बढि अर्थात ५५ प्रतिशत खर्चेको छ। त्यस्तै दोस्रो धेरै रकम खर्च गर्नेमा रहेको प्रदेश एकले गत वर्ष ६१ प्रतिशत खर्चेकामा यो वर्ष अहिलेसम्म ४५ प्रतिशत रकम खर्चेको छ ।

त्यस्तै बागमती प्रदेशले गत वर्ष ५१ प्रतिशत रकम खर्चेकामा यो वर्ष अहिलेसम्म ४६ प्रतिशत खर्चेको छ ।

कुल खर्चमा पनि बिकास खर्चको अवस्था हेर्ने हो भने अझै निराशाजनक छ बिकास खर्चमा पनि लुम्बीनी प्रदेश नै अग्रस्थानमा रहेको छ । लुम्बीनी प्रदेशले अहिलेसम्म ५१ दशमलव तीनतीन प्रतिशत खर्च गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi