neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शुभ अवसर ग्राम नेपाल नामक सामाजिक संस्थाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

शुभ अवसर ग्राम नेपाल नामक सामाजिक संस्थाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

Jul 6th, 2021

काठमाडौँ, २२ असार

काठमाण्डौमा सोमबार शुभ अवसर ग्राम नेपाल नामक एक सामाजिक संस्थाले कामनपा वडा ३२ को कार्यालय जडिबुटिमा एक कार्यक्रमको आयोजना गरि वडा कार्यालय ३२ , प्रहरी प्रभाग कोटेश्वर , एकद्धार संकट व्यवस्थापन केन्द्र थापाथली र पाटनलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कामनपा वडा ३२ कि सदस्य हिरा देवी पोखरेलले ,“समाजिक सस्थाको कार्यको प्रशंसा गर्दै समाजिक विषयमा सस्था र स्थानीय तह सँगै हिडनु पर्ने बताउनु भयो । विपदको घडिमा सस्थाहरुले देखाएको सदभावको प्रशंसा समेत गर्नु भएको थियो । यसैगरी एकद्धार संकट व्यवस्थापन केन्द्र पाटनकी नसिंङ्ग कर्मचारी प्रतिक्षा नेपालले शुभ अवसर ग्राम नेपाले पाटन अस्पताल लाइ पटक पटक गरेको सहयोगको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै सस्थाकी कार्यकारि निर्देशक सिस्टर दुर्गा श्रेष्ठले ,“ कोभिड १९ को सक्रमण बढे सँगै अग्रपंक्तिमा रहि जनताको स्वास्थप्रति संवेदनशिल भइ काम गरेकोमा स्थानीय तह , नेपाल प्रहरी र अस्पताल लाइ धन्यवाद दिदै सस्थाको तर्पmबाट भविष्यमा थप सहयोग गर्ने ” प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । गुड सेफर्ड इन्टरनेशनल फाउण्डेसन नेपालको आर्थिक सहयोगमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi