neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युरोकप–२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा ८ जना पक्राउ

युरोकप–२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा ८ जना पक्राउ

Jul 5th, 2021

काठमाडौं, असार २१

हाल संचालन भइरहेको युरोकप–२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित ८ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, काठमाडौं कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका–७ घर भएका ४६ वर्षीय सुरज टिवडेवाल, भारत बिहार पूर्बिचम्पारण रक्सौल घर भएका ४६ वर्षीय अशोक कुमार गुप्ता, काठमाडौं धापासी बस्ने चितवन खैरहनी नगरपालिका–५ टरौली घर भएका ४५ वर्षीय गोबिन्द प्रसाद आचार्य, काठमाडौं इन्द्रचोक बस्ने भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेश कुमार अग्रवाल, काठमाडौं क्षेत्रपाटी बस्ने भारत राजस्थान झुनझुन सुरजगढ घर भएका ३३ वर्षीय सुचित डालमिया अग्रवाल र काठमाडौं मरुटोल बस्ने मोरङ बिराटनगर नगरपालिका–७ घर भएका ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन् ।

युरोकप–२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् ठूलो रकमको बाजी राख्न लगाई काठमाडौंका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट अनलाईन बेटिङ गरी नगदी कारोबार समेत गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको रकम आइएमईबाट पठाइने र लिने गरी कारोबार गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi