काठमाडौ, असार २१
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. को आ.व. २०७६/२०७७ को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले असार २१ गते अर्थात आज सोमबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६÷०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व.२०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।
सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकमा श्रीमती सरस्वती गौतम ज्ञवाली, र अमृत बन्जाडे निर्बिरोध निर्वाचित गरेको छ भने कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।