neapl investment mega bank
  • गृहपृष्ठ
  • गोल्छा ग्रुपद्धारा शिक्षण अस्पताललाई सामसुङ्गको ३० वटा माईक्रोवेभ ओभन हस्तान्तरण

गोल्छा ग्रुपद्धारा शिक्षण अस्पताललाई सामसुङ्गको ३० वटा माईक्रोवेभ ओभन हस्तान्तरण

Jul 5th, 2021

काठमाडौ, असार २१

गोल्छा गु्रपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाई सामसुङ्गको ३० वटा माईक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा गु्रपका निर्देशक शीमा गोल्छा ज्यूले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरेकी हुुन ।

उक्त कार्यव्रmम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो ।

कार्यव्रmममा गोल्छा गु्रपका निर्देशक शीमा गोल्छाले भनिन, “हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको खटिन पर्ने कठिन तथा व्यस्थ समयलाई राहतप्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ । यी निःस्वार्थी र समर्पित स्वास्थ्यकर्मी प्रति कृतज्ञता व्यक्त गर्ने यो अवसर पाउँदा हामी कृतज्ञ छौँ । ”