काठमाडौ, असार २०
डाबर नेपालले बर्षोंदेखि नेपाली बजारमा आफ्नो उच्चस्तरीय उत्पादनहरुद्वारा ग्राहकहरुको विश्वास जित्दै आएको छ । अहिलेको यो महामारीको अवस्थामा हामीहरु सबैलाई रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता पर्ने हुनाले डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पु¥याउनको लागि नयाँ जुस “रियल इम्यूनो म्याङ्गो प्लस” बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस हो ।
फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भएपनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो । श्री एच.एस. बेदी, डाबर नेपालका प्रमुखले प्रेस विज्ञप्तिमा भन्नु भयो – ग्राहकलाई सन्तुष्टी दिन आफ्ना उत्पादन वृहत् बनाउँदै नेपालको नं. १ जुस उत्पादक, डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउनतत्पर छ ।
रियल इम्यूनो म्याङ्गो प्लस,एउटा स्वास्थ्यवद्र्धक र ज्यादै मीठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ । रोगप्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यतिमात्र होइन, यो जुस आँपको मीठो स्वादमा आउने भएकोले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ । “अहिलेको यो कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणलाई समय अनुकुल मानेर ज्यादै सराहना गरेका छन” भनेर डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले भन्नु भयो । यसै गरी “प्रोडक्ट डेभलप्मेन्टको दौरानमा गरिएको ब्लाइन्ड टेष्ट पनि उपभोक्ताहरुले रियल इम्यूनो म्याङ्गो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेका थिए” उहाँले भन्नु भयो ।
यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० रुपैयाँ र एक लिटर प्याकको मूल्य दुई सय ५० रुपैयाँ कायम गरिएको छ ।