neapl investment mega bank
  • गृहपृष्ठ
  • एनआईबिएल एस क्यापिटलद्धारा लगानीको अवसर सार्वजनिक

एनआईबिएल एस क्यापिटलद्धारा लगानीको अवसर सार्वजनिक

Jul 4th, 2021

काठमाडौ, असार २०

एनआईबिल एस क्यापिटल लिमिटडले लगानीको अवसार सार्वजनिक गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको हो ।

कम्पनीका अनुसार यो योजनामा सहभागीभई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्मवृद्धि गराउन सक्नेछन् । यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागि हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्नेछ । यो योजना २०७८ साल असार २० गते देखि २०७८ साल असार २४ गतेसम्म मात्र लागु हुनेछ ।

कम्पनीका अनुसार यो योजनाको नतिजा २०७८ सालश्रावण १५ गते गोलाप्रथाद्वारा फेसबुुक लाईफ मार्फत गरिने छ । योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिनेछ ।