neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मेसीको एक गोल र दुई एसिस्टमा अर्जेन्टिना सेमिफाईनलमा

मेसीको एक गोल र दुई एसिस्टमा अर्जेन्टिना सेमिफाईनलमा

Jul 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार २०

अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वडेरलाई ३-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन रोड्रिगो डे पाउल,लौराटो मार्टिनेज र लियोनल मेस्सी एक-एक गोल गरे ।कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेका हुन ।

खेलको ४० औं मिनेटमा रोड्रिगो डे पाउलले मेस्सीको पासमा गोल गर्दे अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ८४ औं मिनेटमा लौराटो मार्टिनेजले पनि मेस्सीको पासमा गोल गर्दे टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा इक्वेइडर १० खेलाडीमा सीमित बनेको थियो ।इक्वेइडरका पियरो हिन्कपी रातो कार्ड खादै मैदान बाहिरिएका थिए। जसको फाइदा अर्जेन्टिनाले उठायो ।

लगत्तै इन्जुरी समयको तेस्रो मिनेटमा लिओनल मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे।

जितसँगै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाले फाईनल प्रवेशका लागि कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi