neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा

चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा

Jul 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार २०

डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

डेनमार्कलाई जित दिलाउन थॉमस डेलानी र कास्पर डलबर्गले एक-एक गोल गरे ।चेक रिपब्लिकका पैट्रिक शिकले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा थॉमस डेलानीले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४२ औं मिनेटमा कास्पर डलबर्गले गोल गर्दे टोलीलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफको ४९ औं मिनेटमा चेक रिपब्लिकका पैट्रिक शिकले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए।

त्यसपछि कुनै गोल हुन सकेन र खेल डेनमार्कले आफ्नो पोल्टामा पारेको हो ।

जितसँगै डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । डेनमार्कले अब सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi