neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको सम्पत्ति विवरण पठाउन आग्रह

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको सम्पत्ति विवरण पठाउन आग्रह

Jul 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असार १९

राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकहरुको सम्पत्ति विवरण पठाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन तथा अख्तियार यार दुरुपयोग अनुसन्धानको ऐन अनुसार प्रत्येक आर्थिक वर्षको समाप्ति पछि सम्पत्ति विवरण पेस गर्नु पर्ने भएकोले शिक्षकहरुको सम्पत्ति विवरण पठाउन आग्रह गरेको हो ।

प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नममा रहेको सम्पत्तिको स्रोत वा हिस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेस गर्नु पर्ने प्रावधान भएकोले जिल्लाअन्र्तगत सामुदायिक विद्यालयहरुमा कार्यरत स्थायी शिक्षकहरुको विवरण पठाउने व्यावस्था गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परीपत्र जारी गरेको छ ।

साथै शिक्षकहरुको आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण नेपाल नेपाल राजपत्र भाग ५ खण्ड ६० संख्या १ नेपाल सरकार , प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयको सूचनामा तोकिएको ढाँचामा सम्पत्ति विवरण फारम भरी राष्ट्रिय किताबखानामा पठाउन भनिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० उपदफा (१) तथा अख्तिियार दुरुपयोग अनुसन्धानको ऐन, २०४८ को दफा ३१ (क) मा सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान रहेको छ ।


aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi