neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चिलीलाई पराजित गर्दै ब्राजिल सेमिफाईनलमा

चिलीलाई पराजित गर्दै ब्राजिल सेमिफाईनलमा

Jul 3rd, 2021

काठमाडौ, असार १९

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई १-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

ब्राजिललाई जित दिलाउन लुकास पाक्वेटाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पाक्वेटाले खेलको ४६ औं मिनेटमा सो गोल गरेका हुन् ।

खेलको ४९ औं मिनेटमा ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो ।ब्राजिलका ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएका थिए। जसको फाइदा चिलीले उठाउन सकेन ।

जितसँगै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अब ब्राजिलले सेमिफाईनलमा पेरुसंग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi