neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेन सेमिफाइनलमा

स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेन सेमिफाइनलमा

Jul 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १९

स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार राति भएको खेलमा स्पेनले १० खेलाडी समेटिएको स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको निर्धारित र थप समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा स्पेन ३–१ ले विजयी भयो ।

स्पेनका लागि पेनाल्टी सुटआउटमा डानि ओल्मो,जेरार्ड मोरेनो र माइकल ओयर्जाबालले गोल गरेका थिए भने सर्जियो बुसकेट्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो र रोड्रिगोको प्रहार स्विट्जरल्यान्डका गोलकिपरले बचाएका थिए ।

स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले मात्र गोल गर्न सफल भए। स्विट्जरल्यान्डका फेबियन शोर र मानुएल आकांजीको प्रहार स्पेनका गोलकिपरले बचाएका थिए भने रुबेन वर्गासको प्रहार बाहिरिएको थियो ।

त्यसअघि पेनाल्टीमा जानु अघि स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो ।स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरेका थिए ।स्पेनका जोर्डी अल्वाको प्रहार स्वीट्जरल्यान्डका डेनिस जाकारियालाई लाग्दै गोलमा परिणत भएको थियो ।

तर ,खेलको ६८ औं मिनेटमा स्वीट्जरल्याण्डका जेद्रान शाकीरीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ७७ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । स्विट्जरल्यान्डका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनले अब सेमिफाइनलमा इटालीसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi