काठमाडौ, असार १८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपामा कुनैपनि बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्ष्पट पार्नु भएको छ ।
अध्यक्ष थापाले सामाजीक संजाल ट्विटरमा राप्रपामा बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्ष्पट पारेका हुन् । उनले राप्रपामा केही निष्क्रियता भएपनि महाधिवेशन पछि त्यसको समेत निराकरण हुने धारणा राखेका छन् ।
उनले त्रय अध्यक्ष बिच पार्टी एकता अक्षुग्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी भएको र शनिवार बस्ने निर्देशन समितिको बैठकले महाधिवेशनको मिति निर्धारण गर्ने जानकारी दिएका छन् ।