neapl investment mega bank
  • गृहपृष्ठ
  • कक्षा १२ को परिक्षा गत बर्षकै आधारमा लिने तयारी

कक्षा १२ को परिक्षा गत बर्षकै आधारमा लिने तयारी

Jul 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १७ असार

सामान्यतया कक्षा १२ को अन्तिम परीक्षा बैशाख महिनामा हुने गरेको थियो । तर, कोरोना महामारीका कारण दुई वर्ष यता कुनै पनि परीक्षा तोकिएको समयमा हुन सकेको छैन ।
कोरोना महामारीले सबै क्षेत्रलाई उत्तिकै असर गरेपनि शैक्षिक क्षेत्रलाई भने ध्वस्त नै बनाएको छ । अझ शिक्षा मन्त्रालय लगायतका सरोकारवाला निकायहरु विद्यार्थीको भविष्यलाई लिएर गम्भिर नबन्दा उनीहरुको शैक्षिक सत्र नै अस्त व्यस्त बनेको छ ।

कक्षा १२ को अध्ययन सकाएर उच्च शिक्षा हासिल गर्न खोजेका विद्यार्थीहरु अहिले परीक्षाको विषयलाई लिएर चिन्तित बनेका छन् साथै यसका कारणले अनावश्यक तनाव बढेको विद्यार्थीहरु बताउँछन् ।

यस वर्ष कक्षा १२ को परिक्षा कहिले हुने भन्ने बारे असारको तेस्रो सातासम्म पनि टुंगो लागेको छैन । यता, राष्ट्रिय परिक्षा बोर्डले भने विद्यार्थीहरु अनलाईन कक्षामा अभ्यस्त नभएको, सबै विद्यार्थीसम्म ईन्टरनेटको पहुँच नभएको र विद्युतको प्रवाह पनि सबै विद्यालयमा नभएकोले तत्काल अनलाईन माध्यमबाट परीक्षा लिन नसकिने भएकाले गत बर्षकै शैलिमा परिक्षा लिने तयारी भईरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

गत बर्ष राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ का विद्याथीृका लागि अध्ययन गरिरहेको विद्यालयलाई नै परीक्षा केन्द्र कायम गरी ४० पुर्णाकको लिखित परीक्षा लिएको थियो । तर यस वर्ष परीक्षाको टुंगो अझै लागि नसकेकोले विश्वविद्यालय तहको भर्ना प्रक्रियामा समेत प्रभावित भइरहेको छ । कोरोना भाइरस संक्रमणको दर अहिले केही घटेको छ ।