neapl investment mega bank

सिद्धार्थ बैंकको इजी बैंक सुविधा

Jul 1st, 2021

काठमाडौ, असार १७

सिद्घार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहि ईजी बैंक नामको अनलाईन प्लेटफर्म सार्वजनिक गरेको छ । यो इजी बैक प्लेटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइटमा गइ वा सोझै लिङ्क मार्फत ग्राहकहरुले प्रयोग गर्न सकिने छ ।

यो प्लेटफर्ममा सिद्घार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहनु भएका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सकिने छ । इजी बैक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन तथा आफ्ना सिआरएन हेर्न सक्नेछन ।

इजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरु सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायक रहेने बैंकको विश्वास रहेको छ । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ बैंकले आगामीदिनहरुमा यो प्लेटफर्ममा अरु पनि बैंकिङ्ग सेवाहरु थप गरी यस प्लेटफर्मलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्रि बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ ।