neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

Jun 30th, 2021

मकवानपुर, १६ असार /रासस

आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै सडक खुलाएर यातायात सञ्चालन गर्नका लागि प्राविधिकलाई खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताउनुभयो । उहाँका अनुसार हेटौँडा भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरोलाई हटाएर हेटौँडातर्फको यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ । त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा रहेको प्रवक्ता रिमालको भनाइ छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi