neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

Jun 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १६

इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा
इंग्ल्यान्डले जर्मनीलाई २-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन रहीम स्टर्लिंग र ह्यारी केनले एक-एक गोल गरे ।इंग्ल्यान्डले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ७५ औँ मिनेटमा रहीम स्टर्लिंगले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ८६ औँ मिनेटमा ह्यारी केनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनी अन्तिम १६ बाट बाहिरिएको छ ।इंग्ल्यान्डले अब क्वाटरफाइनलमा युक्रेनसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi