आधारभूमि संवाददाता
काठमाडौँ, १५ असार
कोभिड १९ को प्रभावले समग्र शैक्षिकसत्र प्रभावित भएको भन्दै पाँच विद्यार्थी संगठनले विद्यार्थीहरुको पढाई,परिक्षा, र एसईईको मुल्यांकन पक्रियाबारे ध्यानाकर्षण गराउँदै राष्ट्रिय परिक्षा बोर्डलाई आज ज्ञापन पत्र बुझाएको छ ।
पछिल्लो समय शैक्षिक संस्थाहरुले अनलाईन माध्यमबाट पढाएपनि विभिन्न शिर्षकमा आवश्यकता भन्दा बढि शुल्क उठाउदै आएको, कक्षा १० एसईई कक्षा १० को परिक्षाको रिजल्ट कहिले हुने बारे अझै अन्योलता रहेको, र कक्षा १२ को परिक्षा अझै अन्योल ग्रस्त रहेकाले बोर्डले छिटै निष्कर्ष निकाल्न आग्रह गरेका छन् ।
छलफलका क्रममा राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा ११ को परिक्षा कार्यविधि अनुसार विद्यालय आफैले लिने र कक्षा १२ को परिक्षा साउनको तेस्रो हप्ता सम्ममा परिक्षा लिएर दशैँ अगाडि सम्ममा परिक्षाको रिजल्ट दिने तयारी भईरहेको जानकारी समेत दिए ।
बोर्डमा ज्ञापन पत्र बुझाउन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजबादी विद्यार्थी युनियन र अखिल छौठौँ उपस्थित भएका थिए ।