neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको सहज जित

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको सहज जित

Jun 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १५

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल,अलेजेन्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल गरे ।बोलिभियाका एरविन सावेद्राले एक गोल फर्काए ।

खेलको छैठौं मिनेटमा अलेजेन्ड्रो गोमेजले मेस्सीको पासमा गोल गर्दे अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ४२ औँ मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ६० औं मिनेटमा बोलिभियाका एरविन सावेद्राले एक गोल फर्काएका थिए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए ।

जितसँगै समूह ‘ए’मा रहेको अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित बोलिभिया अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi