neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इक्वेइडरसँग बराबरीमा रोकियो ब्राजिल

Jun 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १४

कोपा अमेरिका फुटबलमा समूह चरणको अन्तिम खेलमा ब्राजिल इक्वेइडरसँग बराबरीमा रोकिएको छ। सोमबार विहान भएको खेलमा ब्राजिलले इक्वेइडरसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा ब्राजिलको लागि इडर मिलिटोले एक गोल गरे भने इक्वेइडरको लागि एन्जल मेनाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने ब्राजिलले लिएको थियो। खेलको ३७ औं मिनेटमा इडर मिलिटोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ५३ औं मिनेटमा इक्वेइडरका एन्जल मेनाले इनर भ्यालेन्सियाको पासमा गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै समूह ‘बी’मा रहेको ब्राजिलले ४ खेलबाट १० अंक जोडेको छ र समूहको विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिल यसअघि लगातार तीन खेलमा जित निकाल्दै अन्तिम आठमा पुगेको थियो। 

इक्वेइडर पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।इक्वेइडरको ४ खेलबाट ३ अंक छ र समूहको चौंथो स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi