neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा

नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा

Jun 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १४

चेक रिपब्लिक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।आइतबार राति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक-एक गोल गरे ।चेक रिपब्लिकले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५५ औँ मिनेटमा नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । नेदरल्यान्ड्सका म्याथिस डी लिग्टले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा चेक रिपब्लिकले उठायो ।

खेलको ६८ औँ मिनेटमा टोमस होल्सले टोमस कालसको पासमा गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ८० औँ मिनेटमा प्याट्रिक शिकले टोमस होल्सको पासमा गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै चेक रिपब्लिक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्ड्स अन्तिम १६ बाट बाहिरिएको छ ।चेक रिपब्लिकले अब सेमिफाइनमा डेनमार्कसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi