neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

Jun 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १४

बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।आइतबार राति भएको खेलमा बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बेल्जियमलाई जित दिलाउन थोर्गन हजार्डले गरेको गोल नै निर्णायक बन्न पुग्यो । हजार्डले खेलको १२ औं मिनेटमा थोमस मुनिएरको पासमा सो गोल गरेका हुन् ।

खेलमा पोर्चुगलले गोल गर्ने अवसर पाएको थियो तर सफल हुन सकेन ।

जितसँगै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले अब क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ । पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi