neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्राधिकरणका इञ्जिनियरहरु काममा फर्कन सहमत

प्राधिकरणका इञ्जिनियरहरु काममा फर्कन सहमत

Jun 27th, 2021

काठमाडौं, असार १३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० अन्तर्गतका प्राविधिकहरु तत्काल कार्यक्षेत्रमा फर्केर पुनर्निर्माणका काममा क्रियाशील हुने भएका छन् ।
आज प्राधिकरणमा भएको वार्ता र छलफलपश्चात् इञ्जिनियरहरुले पाउने संचार, यातायात तथा स्थानीय भत्ता उपलब्ध गराउने, प्राविधिकहरुलाई आवश्यक पर्ने तालिमका साथै विभिन्न निकायमा व्यवस्थापन गर्न पहल गर्नेलगायतका सहमति भएका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा छलफल भएको हो । छलफलपछि प्राधिकरणका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंह र आन्दोलनरत् प्राविधिकहरुको तर्फबाट अविनाश अमरले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।

सहमतिपछि अमरले आफ्ना सबै माग पूरा भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण प्राविधिकहरु काममा खटिने र असार मसान्तभित्र धेरैभन्दा धेरै लाभग्राहीको मुहारमा खुशी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहमति भएका बुँदाहरु निम्नानुसार छन्ः
१.)जि.आ.का.ई, ओखलढुंगा अन्तर्गत रही कार्यरत स्व. ई. राजा साहको कामकाजकै दौरान मृत्यु भएकोमा साहको परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले पहल गर्ने ।

२.) प्राधिकरण अन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरु (प्राविधिकहरु, सामाजिक परिचालकहरु, डकर्मीहरु समेत) को कार्य अनुभवसहितको विवरण ९रोस्टर० तयार पारी अनलाइन पोर्टलमा समेत राख्ने । साथै यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने ।

३.) प्राविधिकहरुले पाउनु पर्ने संचार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष ०७७.७८ को श्रावन महिनाबाटै नियमानुसार उपलब्ध गराउने ।

४.) प्राधिकरण अन्तर्गत रही कार्य गरेका प्राविधिकहरुलाई ९भवन, शिक्षा, जिमाली समेत० भावी दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने ‘रिफ्रेसर ट्रेनिङ’ को व्यवस्था प्राधिकरणले गर्ने ।

५.) सरकारले लिएको विपद जोखिमबाट सुरक्षित नेपाल महाअभियानको १० वर्षे लक्ष्यमा समाहित हुने गरी प्राधिकरण अन्तर्गतका प्राविधिकहरुलाई ग्राहयता दिन प्राधिकरणले पहल गर्ने, साथै विभिन्न निकायको पहिचान गरी व्यवस्थापनका निम्ति पहल गर्ने ।

६.) प्राधिकरण अन्तर्गतका प्राविधिकहरुको सबै आन्दोलन आजकै मितिबाट टुंग्याउने र नियमित कामकाजमा फर्किने । प्राविधिकहरुले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनु पर्ने सेवा सुबिधाहरु उपलब्ध गराउने ।

७.) देशले बोकेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका निम्ति इन्जिनियरिङ क्षेत्रका प्राविधिकहरुको परिचालन अनिवार्य रहेकोले यस्ता विभिन्न क्षेत्रहरुको पहिचान गरी प्राधिकरण बाहेकका इञ्जिनियरहरुलाई पनि परिचालन गर्नका लागि प्राधिकरणले सरकारसँग समन्वय गर्ने ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi