neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सहकारीबाट नगद र सुनका गर–गहना चोरी गर्ने एक जना नियन्त्रण

सहकारीबाट नगद र सुनका गर–गहना चोरी गर्ने एक जना नियन्त्रण

Jun 27th, 2021

काठमाडौ, असार १३

सहकारीबाट नगद र सुनका गर–गहना चोरी गर्ने एक जना नियन्त्रणमा परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार बिभिन्न मिति र समयमा काठमाण्डौंको विभिन्न स्थानमा सहकारी चोरी भएको विषयमा महानगरीय प्रहरी परिसर काठमाण्डौ र वृत्त सिहदरवारवाट परिचालन भएको विशेष टोलिले अनुसन्धान गर्ने क्रममा यही असार १२ गते नुवाकोट वेल्कोट न.पा ९ घर भई हाल का.जि जोरपाटी वस्ने वर्ष २२ को दिपक गजुरेललाई का.जि गौशालामा शकास्पद रुपमा हिडिरहेको आवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निज दिपक गजुरेल निम्न उल्लेखित मिति र समयमा सहकारी सस्था चोरीमा सम्लग्न रहेको भन्ने खुल्न आउनुका साथै निजवाट सिसा काट्ने मेसिन थान १ , मास्टर चावी थान –१ ,घटनामा प्रयोग भएका विभिन्न कपडाहरु र विभिन्न बैकको खातामा नगद जम्मा गरेको रसिदहरु वरामद भएकोले थप अनुसन्धान कार्य जारी रहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका गजुुरेल मिति २०७७/१०/१५ गते का.जि बानेश्वर स्थित बेबिलोन उपभोक्ता सहकारी संस्था लि वाट ७,०२,६३६, मिति २०७७/१०/२१ गते का.जि शंखमुल स्थित घर संसार उपभोक्ता सहकारी सस्थावाट २,२४,०९५, मिति २०७७/११/१३ गते राति का.जि गौशाला मित्रपार्क स्थित पन्च श्री वचत तथा ऋण सहकारी संस्थावाट १४,९८,४७०, मिति २०७७/११/१४ गते का.जि कोटेश्वर स्थित सिमश स्वामी वचत तथा ऋण सहकारी संस्थावाट रु २,००,०००, मिति २०७७।१२। ४ गते बानेश्वर स्थित सन्दुक वचत तथा ऋण सहकारी संस्थावाट रु१०,१३,६२५, मिति २०७८।२।१३ गते मैतिदेवी स्थित जेष्ठ आइडोलोजी वचत तथा ऋण सहकारी संस्थावाट रु५,००,०००।– र १ मोवाईल र १ ल्यापटप र मिति २०७८।०२।१३ गते मैतिदेवी स्थित गैथली वचत तथा ऋण सहकारी संस्थावाट रु २,५८,५०० ।–र ९ तोला सुनको गरगहना चोरीमा संलग्न भएको देखिएको छ । यि सबै गरी कुुल नगद –४३,९७,३२६ ।– ,९ तोला सुन र १ ÷१ थान मोवाइल र ल्यापटप चोरीमा उनको संलग्नता रहेको देखिएको परिसरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi