neapl investment mega bank

पहिलो दिन नै २८ अंकले बढ्यो नेप्से

Jun 27th, 2021

काठमाडौ, असार १३

पहिलो दिन नै नेप्से बढेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से आज २७ दसमलव ३८ अंकले बढेर २८ सय ७० दसलव ३८ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ७६ अंकले बढेर पाँच सय २९ दसमलव ४१ अंकमा पुगेको छ । दुुई सय २७ वटा कम्पनीहरुको ८२ हजार ५५ पटकको कारोवारमा दुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम सात अर्ब १६ करोड ७४ लाख ३२ हजार सात सय २८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३८ दसमलव २६ अंकले बढेर १९ सय ४३ दसमलव ४८ अंकमा पुग्दा जलबिद्युुत, टे«डिङ, लघुुबित्त, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने आज ५९ दसमलव ४१ अंकले घटेर चार हजार तीन सय चार दसमलव २३ अंकमा पुग्दा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सेञ्चुुरी कर्मसियल बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी परेको छ ।