neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बालकोट–चांगाथली–लुभू सडक धराप बन्दै, सडकको बिचमा छन् विजुलीका पोल, मंगलमा छैन ढक्कन

बालकोट–चांगाथली–लुभू सडक धराप बन्दै, सडकको बिचमा छन् विजुलीका पोल, मंगलमा छैन ढक्कन

Jun 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, असार १४

ललितपुकोे महालक्ष्मी नगरपालिका र भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २
हुँदै लुभू जोड्ने सडक अब एम्बुस रोड जस्तै भएको छ । दैनिक हजारौं सवारी आवत जावत गर्ने सडकका ठाउँ ठाउँमा विजुलीका पोल बिच सडकमा छन भने सडकका बिच सडकमा अव्यवस्थित ढलका ढक्कन नभएको पाइएको छ । यस विषयमा सूर्य विनायक नगरपालिका नगर सदस्य सुवास कार्कीका अनुसार सडकका पोलका विषयमा नेपाल विद्युत प्राधिकरणका टोलीहरुले निरिक्षण गरी सकेको आगामी बजेटबाट श्रावणबाट पोल हटाउन शुरु गर्ने बताए ।

महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नकुल थापालाई बारम्बार जानकारी गराउँदा ढक्कन हाल्न कुनै चासो नगरेको पाइएको छ । सडक उपभोक्ता केशव के. सि. ले सडकका बिचमा ढक्कन नभएको महिनौं हुदा समेत कुनै जनप्रतिनिधिले चासो नदेखाउनु ठूलो दुःख लागेको गुनासो पोखे । अर्का सडक उपभोक्ता बाबु राजा महर्जन भन्छन् दैनिक ५ जना लड्ने गरी सडक प्वाल पर्दा, पानी जम्मा हुदा वास्ता नहुनु विडम्बना हो यो देशमा ३ तहको सरकार नभएको भान
हुन्छ , यदि भएको भए किन जनताको दैनिक सरोकारको कामलाई वेवास्ता गरिन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi