neapl investment mega bank
  • गृहपृष्ठ
  • गोदावरी सरोकारको आयोजनामा गुर्जो ,तेजपातको बिरुवा रोपन तथा बितरन

गोदावरी सरोकारको आयोजनामा गुर्जो ,तेजपातको बिरुवा रोपन तथा बितरन

Jun 26th, 2021

-बेबि राजभण्डारी

ललितपुर , १२ असार

गोदावरी सरोकारको आयोजनामा गोदावरीको बिभिन्न स्थानमा गुर्जो ,तेजपात ,कोइरालो को बिरुवा रोपन तथा बितरन गरिएको छ।

आन्तरिक राजस्व कार्यालय धुलिखेल, काभ्रेका प्रमुख कर अधिकृत कमल बहादुर राजलवट , नेपाल सरकारका पुर्ब सह सचिब योग गुरु कुमार जोशी, एन एल जि इन्स्योरेन्स ललितपुरका प्रमुख राजेश प्रधान,गोदावरी सरोकारका अध्यक्ष बेबि राजभण्डारी ,फुल्चोकी माइ महिला समूह का अध्यक्ष सुशीला श्रेष्ठ , गोदावरी सरोकारका सदस्य नारायणी पाण्डे , सुरज श्रेष्ठ , पृया पुतवार, गिता पुतवार, राज महर्जनले गोदावरी नगरपालिकाको विभिन्न स्थानमा गुर्जो, तेजपात,कोइरालोको बिरुवा रोपनका साथै गुर्जोको चिया ,धुलो औसधि तथा बिरुवा बितरन गरेका छन ।

रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धी गर्न महत्वपुर्ण मानिएको गुणकारी बनस्पति गुर्जो पछिल्लो समय कोभीड संक्रमणको समयमा गुर्जोको प्रयोग र चर्चा बढी रहेको छ।गोदावरी सरोकारका अध्यक्ष बेबि राजभण्डारी को सम्योजनमा सम्पन्न कार्यक्रममा गुर्जो अभियन्ता कमल बहादुर राजलवटले निशुल्क गुर्जो धुलो तथा बिरुवा बितरन गरेका थिए।

योग गुरु किशोर ले केही समय योगाभ्यास गराएका थिए।अभियन्ता राजेश प्रधानले सकारात्मक सोच र उर्जा प्रदान गर्दै उपस्थित सबै अभियन्ताले गुर्जोको चिया ,गुर्जो को धुलो ,गुर्जो ,तेजपात,कोइरालाको बिरुवा निशुल्क बितरन तथा रोपन गरेका छन ।