neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबी लघुबित्तमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली

एनएमबी लघुबित्तमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली

Jun 25th, 2021

काठमाडौ, असार ११

एनएमबी लघुबित्त बित्तिय संस्था लिमिटेडले एस्.बी.सोलुसन्स् प्रा.लि. सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । एन्एम्बी लघुबित्त बित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एस्.बी. सोलुसन्स्का अध्यक्ष विपुल ढकाललेआ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, लघुबित्त संस्थाहरूले पूर्णरूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउनेछ । यो नयाँ तरिकाले लघुबित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणकोरुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भए साथै, लघुबित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । एनएमबी लघुबित्त बित्तिय संस्था, राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो लघुबित्त संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । एनएमबी लघुबित्त बित्तिय संस्थाको लगभग दुुई लाख भन्दा बढि ग्राहकरहेका छन् र देशभरि ११० भन्दा बढि शाखाहरु रहेका छन् ।
एस्.बी. सोलुसन्स्ले बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा प्रक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट – एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै एस्.बी.सोलुसन्स् प्रा.लि. ले डिजि हब सँगको सहकार्यमा पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।