neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चिली पाराग्वेसँग पराजित

Jun 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ११

कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ ।

शुक्रबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २-० गोलले पराजित गरेको हो ।

पाराग्वेले जित दिलाउन ब्रायन साम्युडियो र मिगुएल अल्मेरिनले एक-एक गोल गरे।पाराग्वेले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ३३ औं मिनेटमा ब्रायन साम्युडियो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ५८ औं मिनेटमा मिगुएल अल्मेरिनले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘ए’मा रहेको पाराग्वेले ३ खेलबाट ६ अंक जोडेको छ र समूहको दोस्रो स्थानमा उक्लिएको छ ।पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पराजित चिलीको ४ खेलबाट ५ अंक छ र समूहको तेस्रो स्थानमा छ ।चिली पनि यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi