neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

Jun 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ११

उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार बिहान भएको खेलमा उरुग्वेले बोलिभियालाई २-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

उरुग्वेलाई जित दिलाउन एडिनसन कावानीले एक गोल गरे।उरुग्वेले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ४० औं मिनेटमा बोलिभियाका जैरो क्विन्टरोसको आत्मघाती गोलबाट उरुग्वेले अग्रता लिएको थियो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा एडिनसन कावानीले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘ए’मा रहेको उरुग्वेले ३ खेलबाट ४ अंक जोडेको छ र समूहको चौंथो स्थानमा छ ।पराजित बोलिभिया अंक विहीन तालिकाको पुछारमा छ र समूहबाट बाहिरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi