आधारभूमि संवाददाता
काठमाडौं, असार ११
महामारी अघिसम्म कामको खोजिमा दैनिक १८ सय कामदार स्वदेशमा काम नपाएर बैदेशिक रोजगारीमा जाने गर्थे । देशमा बेरोजगारको थुप्रो अहिले पनि कायमै छ । तर, उद्योगधन्दा तथा कलकारखाना भने भारतीय कामदारमा भर पर्नुपरेको छ।
यो वर्षको फागुनसम्म रोजगार सेवा केन्द्रमा सात लाख ४३ हजार बेरोजगार सूचीकृत छन् । प्रत्येक वर्ष बढ्दै गएको बेरोजगारी सरकारलाई टाउको दुखाइ बनिरह“दा देशमा सञ्चालित उद्योगहरुले भने जनशक्ति नै पाउन सकेका छन् ।
स्वदेशमा आवश्यक दक्ष जनशक्ति उत्पादन नहु“दा एकातिर परनिर्भरता बढेको छ भने अर्कोतिर स्वदेशका अवसरमा यही“का युवाले रोजगारी पाएका छैनन् ।
रोजगारी नपाएर नेपाली श्रमिक महामारीकै बीच भारतिरै ता“ती लागिरहेका बेला स्वदेशी उद्योगमा भने भारतबाट कामदार नआए उद्योग नै ठप्प पार्नुपर्ने अवस्था छ ।
भारतीय सीमावर्ती क्षेत्रमा रहेका रुपन्देही , विराटनगर, वीरगञ्ज, पथलैया, सिमरा, हेटौ“डादेखि काठमाडौ“सम्मैका औद्योगिक क्षेत्रमा कामदारको अभाव छ । महामारी र निषेधाज्ञाका कारण भारतीय श्रमिक सजिलै आउजाउ गर्न नसक्दा उद्योग चलाउन कठिन भएको उद्योगीको भनाइ छ।
इ“ट, सिमेन्ट र खाद्य उद्योगमा पनि भारतीय दक्षश्रमिक नभई हु“दैन । भौतिक पूर्वाधार निर्माणसम्बन्धी उपकरण चलाउनेदेखि सडकको कालोपत्रे र अक्सिजन उद्योगसम्म भारतीय श्रमिककै भर पर्नुपर्छ ।
नेपालमा रहेका ३६ लाख गाडीको मर्मतमा आधाभन्दा बढी हिस्सा भारतीय श्रमिकले नै धानेको अटोमोबाइल डिलर्स एसोसिएसन बताउ“छ । डेढ महिनाअघि नेपालमा अक्सिजनअभाव हु“दा उद्योगीले उत्पादन बढाउनविदामा बसेका भारतीय प्राविधिकलाई नै बोलाउनुपरेको थियो ।
दक्ष जनशक्तिमा हाम्रो परनिर्भरता बढ्दै गर्दा नेपालबाट भारत जाने रेमिट्यान्स पनि वार्षिक ३ खर्ब हाराहारी छ । जबकि, भारतबाट नेपाल भित्रिने रकम जम्मा १ खर्ब ३० अर्ब हाराहारी छ ।
दक्ष जनशक्तिको परनिर्भरता घटाउन र स्वदेशमै उत्पादनका लागि भन्दै बर्सेनि ठूलो रकम खर्चिए पनि त्यसको प्रभाव कतै देखिएको छैन । यसपाली पनि बजेटमा करिब साढे ४ अर्ब रुपैया“ छुट्याइएको छ । सीटीईभीटी मातहतका संस्थाहरुको क्षमता विकास गरी ७५ हजारलाई तालिम दिने बताइएको छ । वैदेशिक रोजगार बोर्डले १० हजारलाई तालिम दिने बताएपनि बीचमै कार्यक्रम रोकिएको छ । श्रम मन्त्रालयअन्र्तगत स्वीस सरकारको तालिम कार्यक्रम पनि सार्थक हुन सकेको छैन ।
सरकारले उच्च प्राविधिक उत्पादन गर्न नसक्दा र देशमै कामगरौ भन्ने भावना जागृत गर्न नसक्दा देशका युवा कामको खोजिमा बिदेश जानु परेको छ । यसका साथै स्वदेशका उद्योगले कामदार नपाएकाले नेपालको पैसा पनि बिदेशी कामदार मार्फत बाहिरिरहेको छ ।