काठमाडौ, असार १०
निशान इण्डियाले आफ्नो नयाँ उत्पादन निशान म्याग्नाइट नेपाल, इण्डोनेशिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ । यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा प्रारम्भ गरिएको थियो र सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटानिशान म्याग्नाइट पूर्णरुपमा तयार गरिसकेको थियो । आधुनिक प्रविधि र आकर्षणयुक्त यो सवारी साधन मध्ये १३ हजार ७ सय ९० वटा भारतीय बजारमा गइसकेको थियो भने १ हजार २ सय २० वटा निर्यात गरिएको थियो ।
‘मेक इन इण्डिया, मेक फर वल्र्ड’ अवधारणा सहित निर्माण गरिएको यो नयाँ सवारी साधन भारतमा सफलता बिस्तार गर्नुका साथै निर्माण भएको ३० दिनमा नेपालमा ७ सय ६० भन्दा बढी बुकिङ्ग भएकोले यसले निर्धारण गरेको मासिक बिक्री १ हजार ५ सय ८० पूरा हुने विश्वास गरिएको छ ।
नयाँ उत्पादनको विशेषता र यसको सफल भविष्यबारे आफ्नो धारण व्यक्त गर्दै निशान मोटर इण्डिया प्रा.लि.का अध्यक्ष सिनान ओजकोकले भन्नुभयो, “भारतीय उपभोक्ताहरुले यसको नमूना र नयाँ प्रविधिलाई अत्यन्त रुचाएका छन् र भविष्यमा यसले आफ्नो बजार आक्रामकरुपमा अगाडि बढाउने छ ।”उहाँले ‘मेक इन इण्डिया, मेक फर वल्र्ड’ अवधारणाले विश्वबजारमा पनि उपभोक्ताले रुचाउने र राम्रो बजार पाउने विश्वास व्यक्त गर्नुभयो । जतिजति उपभोक्ताले आफ्नो प्रयोगमा ल्याउछन्, त्यति नै यसको माग बढ्दै जाने उहाँको धारणा छ ।
निशान म्याग्नाइट जतिजति उत्पादन बढाइँदै जान सक्यो त्यति नै विश्वबजारमा यसको माग पनि बढ्दै जाने छ । प्रारम्भिक अवस्थामा नै यसको गुणस्तरले जसरी आकर्षण देखापरेको छ, यसले निशान म्याग्नाइटको बजार बिस्तार हुने निश्चित छ । निशान मोटर इण्डिया प्रा.लि. जापानको निशान मोटर कम्पनीको शतप्रतिशत सहायक कम्पनी हो र सन् २००५ देखि भारतमा उत्पादन थालेको हो । यसको कारखाना चेन्नईमा रहेको छ ।