neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दक्षिणकालीको जंगलमा सन्तोषी सुव्बाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

दक्षिणकालीको जंगलमा सन्तोषी सुव्बाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

Jun 24th, 2021

काठमाडौ, असार १०

महानगरीय अपराध महाशाखा मिनभवनले दक्षिणकालीको जंगलमा सन्तोषी सुव्बाको हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । हत्याको अभियोगमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी वडा नम्वर १४ घर भई हाल काठमाडौको दक्षिणकाली बस्दै आएका २९ बर्षिय सुरेश तिमल्सिनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका तिमल्सिनाको साथबाट घटनाको बेला अभियुक्तले लगाएका कपडाहरु, मृतकको मोवाईल, मेमोरी कार्ड आदि बरामद गरिएको छ । यही असार आठ गते काठमाडौैको दक्षिणकाली नगरपालिका वडा नम्वर ७ को दक्षिणकाली मन्दिरस्थित जंगल परिसरको पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा पछि नामथर बतन काठमाडौ जिल्ला, काठमाडौ महानगरपालिका ७ बस्ने सन्तोषी सुव्बा भनी नाम खुल्न आएको महिलाको अनुुहारको भाग क्षतबिक्षत रहेको मृत लास सम्वन्धी घटनाको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले सयुक्त अनुसन्धान गर्ने क्रममा घटनाको संलग्न सिन्धुपोल्चोकको साँगाचोक घर भई हाल दक्षिणकाली बस्ने २९ बर्षिय सुरेश तिमल्सिनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा यही असार छ गते मृतक सन्तोषी सुव्बाले सुरेश तिमल्सिनासंग खाने र बासकोे समस्या भएको बताए पश्चात सुरेश तिमल्सिनाले खाना र सुत्ने व्यवस्था निजले काम गर्ने बसमा मिलाईदिन्छुु भनि घटनास्थलतर्फ लगि जर्वजस्ती गर्ने क्रममा मृतक सन्तोषी सुब्वाले प्रतिकार गरेपश्चात निज सुरेश तिमल्सिनाले घाँटी थिची मृतकको सलले घाँटीमा बेरी हत्या गरेपश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गी फरार भएको भनी खुल्न आएकोमा यही असार नौ गते निज भागी लुकिछिपी बसेको स्थान काठमाडौ २७ कमलादी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले भनाई छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi