काठमाडौ, असार १०
नेप्सेमा आज बिहिबार पनि पहिरो गएको छ । नेप्से आज १६ दसमलव ९६ अंकले घटेर २८ सय ४३ अंकमा झरेकोमा सेन्सिटिभ पनि तीन दसलव १७ अंकले घटेर पाँच सय २५ दसमलव ६४ अंकमा झरेको छ । दुुई सय १८ वटा कम्पनीहरुको ७८ हजार नौ सय ८३ पटकको कारोवारमा एक करोड ३२ लाख १० हजार तीन सय ६९ कित्ता सेयर खरिद बिक्री हुंदा सात अर्ब तीन करोड ३६ लाख तीन हजार सात सय ४० रुपैयाँको सेयर किनबेच भएको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा होटल तथा पर्यटन र जलबिद्युुत समुहले कमाएपनि बाँकी समुहको गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ४२ अंकले घटेर १९ सय पाँच दसमलव २२ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७७ दसमलव २४ अंकले घटेर १४ हजार चार सय ५७ दसमलव ६८ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, लघुुबित्त, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक पनि घटेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा छिमेक लघुुबित्त बित्तीय संस्थाको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।