neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार ४२१ जनामा कोरोना सङ्क्रमण, ३५५८ जना डिस्चार्ज, ८१ को मृत्यु

थप २ हजार ४२१ जनामा कोरोना सङ्क्रमण, ३५५८ जना डिस्चार्ज, ८१ को मृत्यु

Jun 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ९ असार

बुधवार थप २ हजार ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ४१४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख २७ हजार ८५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ४१४ जनाको परीक्षण भएको छ । हालसम्म ३२ लाख ९५ हजार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ३५५८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३५५८जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या पाँच लाख ६८ हजार ४४० पुगेको छ ।

थप ८१ को मृत्यु

पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार ८९४ पुगेको छ।