neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • समूह उपविजेता बन्दै क्रोएसिया अन्तिम १६ मा

समूह उपविजेता बन्दै क्रोएसिया अन्तिम १६ मा

Jun 23rd, 2021

काठमाडौ, असार ९

क्रोएसिया समूह ‘डी’ को उपविजेता बन्दै युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा क्रोएसियाले स्कटल्याण्डलाई ३-१ गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिक,लुका मोडरिच र इवान पेरिसिले एक-एक गोल गरे।स्कटल्याण्डका कलुम म्याग्रेगोरले एक गोल फर्काए ।

खेलको १७ औँ मिनेटमा निकोला भ्लासिकले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ४२ औं मिनेटमा स्कटल्याण्डका कलुम म्याग्रेगोरले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ६२ औं मिनेटमा क्रोएसियाका लुका मोडरिचले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि खेलको ७७ औं मिनेटमा इवान पेरिसिले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै समूह ‘डी’मा रहेको क्रोएसियाले ३ खेलबाट ४ अंक जोड्यो र समूहको उपविजेता बन्यो । स्कटल्याण्ड समूह चरणबाट बाहिरिएको छ ।स्कटल्याण्ड ३ खेलबाट १ अंक जोडेर समूहको पुछारमा रह्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi