neapl investment mega bank
  • गृहपृष्ठ
  • हुन्डाई नयाँ वर्ष २०७८ योजना असार ३१ गतेसम्म बिस्तार

हुन्डाई नयाँ वर्ष २०७८ योजना असार ३१ गतेसम्म बिस्तार

Jun 22nd, 2021

काठमाडौ, असार ८

हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँँ वर्ष योजना “यो नयाँँवर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” असार ३१ गतेसम्म बिस्तार गरिएको छ । पहिले यस योजनाको अवधि १९ चैत्र, २०७७ देखि १७ बैशाख, २०७८ सम्म रहेको थियो । तर विश्वव्यापी रोग कोभिड १९, निषेधाज्ञाका कारण यस योजना स्थागित भएको थियो । ग्राहक वर्गलाई मध्यनजर राखि यस योजना ८ आषाढ देखि ३१ आषाढ, २०७८ सम्म पुनः सुचारु गरिएको छ ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्तगर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा एक वर्षको बीमा सुबिधा प्राप्त गर्नु हुनेछ । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा छ वर्षको निःशुल्क सर्भिस तथा तीन वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।