काठमाडौ, असार ८
नेप्से आज मंगलबार एकैदिन ७९ दसमलव ४४ अंकले बढेर २९ सय १३ दसमलव ८४ अंकमा पुगुेको छ । यसैगरी सेन्सिटिभ पनि १६ दसमलव १९ अंकले बढेर पाँच सय ३६ दसमलव ३४ अंकमा चढेको छ । आज दुुई सय २५ वटा कम्पनीहरुको एक लाख १२ हजार ५० पटकको कारोवारामा एक करोड ९७ लाख ७० हजार छ सय ३८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम १० अर्ब २८ करोड ६२ लाख ६९ हजार नौ सय ५७ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुुंदा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४४ दसमलव ३१ अंकले बढेर १९ सय ४५ दसमलव ४३ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि एक सय ५० दसमलव एक अंकले बढेर २८ सय ९० दसमलव ९२ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा अपी पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।