neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

कोपा अमेरिका फुटबलमा पेरुको पहिलो जित

Jun 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ७

पेरुले कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ ।सोमबार बिहान भएको खेलमा पेरुले कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गरे । पेरुले एक गोल आत्मघाती उपहार पाएको थियो ।कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए ।

खेलको १७ औं मिनेटमा सर्जियो पेनाले गोल गर्दे पेरुलाई अग्रता दिलाएका थिए।

तर,दोस्रो हाफको ५३ औं मिनेटमा कोलम्बियाका मिगुएल बोर्जाले पेनाल्टीमा गोल गर्दे खेल बराबरीमा फर्काएका थिए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा कोलम्बियाका येर्री मीनाले आत्मघाती गोल गरेपछि पेरु २-१ ले विजयी भएको हो ।

जितसँगै समूह ‘बि’मा रहेका पेरुले २ खेलबाट ३ अंक जोडेको छ र समूहको तेस्रो स्थानमा छ ।पहिलो खेलमा पेरु ब्राजिलसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।

कोलम्बियाको ३ खेलबाट ४ अंक छ र समूहको दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi