neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सामाजिक अभियन्ताहरुद्वारा खाधान्न अभाब भएको परिवारलाई घरदैलोमा पुगेर खाधान्न बितरन

सामाजिक अभियन्ताहरुद्वारा खाधान्न अभाब भएको परिवारलाई घरदैलोमा पुगेर खाधान्न बितरन

Jun 21st, 2021

-बेबि राजभण्डारी

काठमाडौं, असार ७

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण विशेषगरी मजदुरहरुलाई खाद्यान्नको अभाव भइरहेको छ । गोदावरी र इमाडोलमा बसोबास गरिरहेको दैनिक ज्याला मजदुरी गरी बिहान बेलुकाको छाक टार्न मुस्किल भएका २७ परिवारलाई सामाजिक अभियन्ताहरुले खाधान्न वितरण गरेका छन् । दैनिक रोजगारी गरिरहेका मजदुरहरु निधाषेज्ञाका कारण घरबाहिर निस्कने अवस्था नहुँदा,खाधान्नहरुको अभाव भै चुल्हो बाल्न समस्या भएका कारण तत्काल रासन राहतको आवस्यकता भएका अति बिपन्न मजदुरहरुको राहतको लागी सहयोग गरेको सामाजिक अभियान्ता राजेश्वरी श्रेष्ठले बताईन् ।

सामाजिक अभियन्ता बेबि राजभण्डारीको आग्रहमा उक्त क्षेत्रका मजदुरहरुलाई खाधान्न सहयोग गरिएको समाजसेवी राजन थापाले बताए । उनीहरुलाई चामल २० किलो , दाल २ किलो , तेल १ प्याकेट,आलु १ धार्नी , नुन १ प्याकेट लगायतका खाद्य सामग्री वितरण गरिएको थापाले जानकारी दिए ।

सामाजिक अभियन्ताहरु राजेश्वरी श्रेष्ठ ,राजन थापा, जयप्रकाश श्रेष्ठ, सुर्य बैदार,रिता सापकोटा, बेबि राजभण्डारीको टिम लगायतको उपस्थितिमा उक्त खाद्य सामाग्री वितरण गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi