neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटाली समूह ‘ए’ विजेता, इटालीसँगै वेल्स पनि अन्तिम १६ मा

इटाली समूह ‘ए’ विजेता, इटालीसँगै वेल्स पनि अन्तिम १६ मा

Jun 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ७
इटाली समूह ‘ए’ को विजेता बन्दै युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।आइतबार राति भएको खेलमा इटालीले वेल्सलाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

इटालीलाई जित दिलाउन मट्टेओ पेसिनाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । मट्टेओ पेसिनाले खेलको ३९ औं मिनेटमा सो गोल गरेका हुन् ।

खेलको ५६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेटिएको थियो ।वेल्सका इथान एम्पडुले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

जितसँगै समूह ‘ए’मा रहेको इटालीले ३ खेलबाट ९ अंक जोडेको छ र समूहको विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।


इटालीसँग पराजित भए पनि वेल्स समूह ए बाट यूराे २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ ।वेल्सको ३ खेलबाट ४ अंक छ र समूहको दोस्रो स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi