neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका ७ का ११६ जनामा एन्टीजेन पि.सी.आर परिक्षण गर्दा १० जनामा कोरोना पोजिटिभ

महालक्ष्मी नगरपालिका ७ का ११६ जनामा एन्टीजेन पि.सी.आर परिक्षण गर्दा १० जनामा कोरोना पोजिटिभ

Jun 20th, 2021

आधारभूमि संवाददाता

ललितपुर ,असार ६

जिल्ला जनस्वास्य कार्यालय ललितपुर अन्तर्गत महालक्ष्मी गरपालिका वडा नंं. ७ भित्रका कोरोना पोजीटिभ भएका , कोरोना पोजीटिभ भई मृत्यु भएका परिवारहरुको कन्ट्याक्ट ट्रेसिंगमा परेका तथा फ्रण्टलाईनमा काम तथा व्यवसाय गर्ने किराना पसले, तरकारी, दुःध, पानी, ग्यास, औषधि पसलहरु मध्ये ११६ जना पि. सि. आर. परिक्षण गर्दा १० जनामा कोरोना पोजिटिभ आएको चांगाथली जनस्वास्थ्य कार्यालय प्रमुख अजय केशरीले बताए ।

पि. सि. आर.परिक्षण कार्यक्रममा जन निर्वाचित जनप्रतिनिधिहरु र महालक्ष्मी नगरपालिका स्काउट संयोजक मुना खनाल लगायत स्काउट सदस्यहरुले सहयोग पुर्याएका आभारभूमिलाई जानकारी गराए ।