neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रुडेन्सियल इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

Jun 20th, 2021

काठमाडौ, असार ६

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले असार छ गते अर्थात आज आईतबार होटेल ईच्छा प्रा.लि. सिमरा, बारामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको १९ औं ंवार्षिक साधारण सभाबाट आठ प्रतिसत बोनस शेयर र शुन्य दसमलव ४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । साविक एक अर्ब दुुई करोड ६४ लाख ३२ हजार चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १० करोड ८५ लाख ४६ हजार पाँच सय ६० रुपैयाँ पुग्ने छ ।

साधारण सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत दुुई जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक शैलेष संघाई र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएकाछन । सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएकाछन ।