neapl investment mega bank
  • गृहपृष्ठ
  • असारमा बढाए बैंकहरुले निक्षेपको ब्याज, तरलता अभावका लागि सस्तो खर्चमा स्रोत जुटाउँदै

असारमा बढाए बैंकहरुले निक्षेपको ब्याज, तरलता अभावका लागि सस्तो खर्चमा स्रोत जुटाउँदै

Jun 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ६

बैंकहरुमा तरलता अभाव देखिन थालेपछि यस्तो समस्या हटाउन उनिहरुले सस्तो दरमा निक्षेप संकलन गर्न थालेका छन् ।सस्तो दरमा निक्षेप संकलन गर्न बैंकहरुले अहिले साधारण बचतको ब्याजदर बढाएको देखिन्छ ।

बैंकहरुले असार महिनाको लागि प्रकाशन गरेको ब्याजदर अनुसार १२ वटा बैंकहरुको ब्याजदर बढेको छ। सानीमा, एभरेष्ट,सिद्धार्थ,स्ट्याण्डर्ड चार्टड, नबील, हिमालय,सेञ्चुरी, ग्लोबल आइएमई, माछापुच्छ«े सिभिल र एनएमबी बैंकले आफ्नो ब्यादर बढाएका छन् ।

बैंकहरुले एकआपसमा लिने दिने गरेको ऋणको पनि अभाव भएको छ । तरलता अभावको स्थिती देखिएपछि बैंकहरुले असार महिनामा निक्षेपमा दिने ब्याजदर समेत बढाएका छन् । अन्तरबैंक ब्याजदर अहिले चार दशमलव आठ प्रतिशत छ । जुन गत फागुनमा शुन्य दशमलव पाँचसम्म रहेको थियो ।

जेठ महिनामा बैंकमा ३६ अर्ब बराबरको निक्षेप संकलन भयो । यहि अवधिमा कर्जा पनि ३५ अर्ब बराबरको प्रवाह भयो । अर्थात संकलित निक्षेप कर्जा प्रवाह गर्नका लागि मात्रै पुग्यो । यता राष्ट्र बैंकले यहि अवधिमा करिब ३७ अर्ब बराबरको रकम आन्तरिक ऋणका लागि भनेर बजारबाट उठायो । तर, यसरी संकलीत रकम बिकास निर्माणमा खर्च गर्नुपर्नेमा सरकारले त्यसलाई ढुकुटिमा थुपारेर राख्यो । ३७ अर्ब आन्तरिक ऋण उठाएर सरकारले बिकास निर्माणमा जम्मा १५ अर्ब खर्च गर्याे ।

कर्जा निक्षेप तथा पुँजी (सीसीडी) अनुपात कायम गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजदरमा स्थायी तरलता सुविधा (एसएलएफ) लिइरहेको राष्ट्र बैंक बताउँछ । एक हप्तामा फिर्ता गर्ने यस्तो एसएलएफको रकम कटाउने हो भने बैंकहरुसँग अहिले जम्मा ७ अर्ब मात्रै तरलता छ ।

असार महिना बैकंहरुले खासै आक्रामक रुपमा कर्जा बिस्तार गर्ने महिना भने होइन । उनिहरुले यो महिनामा निक्षेप संकलन गरेर सीसीडी रेसियो ८५ प्रतिशत कायम गर्न प्रयास मात्रै गर्छन् । अधिकांश बैंकको ८० प्रतिशतको वरिपरि छ भने केहिको ८४ प्रतिशतसम्म पुगेको छ ।

यसरी तरलता कायम गर्नका लागि पनि बैंकहरुले एक अर्काे बैंकसँग सापटि लिने मात्रै होइन, राष्ट्र बैंकबाट एसएलएफ समेत लिएका छन् । यस्तो अवस्थामा राष्ट्र बैंकले रिपो जारी गर्नुपर्ने बैंकरको सुझाव छ ।निक्षेपमा दिने ब्याजको लागत उठाउन बैंकहरुले फेरी कर्जाको ब्याज बढाउँछन् ।