neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पोर्चुगल जर्मनीसँग पराजित

Jun 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ५
साविक विजेता पोर्चुगलले युरोकप फुटबलमा हार व्यवरेको छ । शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोलले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन काइ हाभार्टले र रोबिन गोसेन्सले एक-एक गोल गरे ।जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो ।पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र डियोगो जोटाले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने पोर्चुगलले लिएको थियो। खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ३५ औं मिनेटमा पोर्चुगलका रुबेन डायसले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फर्किएको थियो ।

खेलको ३९ औं मिनेटमा पोर्चुगलका राफेल गुएरेरो आत्मघाती गोल गरेपछि जर्मनी २-१ ले अघि बढ्यो।

दोस्रो हाफको ५१ औं मिनेटमा जर्मनीका काइ हाभार्टले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए ।६० औं मिनेटमा जर्मनीका रोबिन गोसेन्सले गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए ।

खेलको ६७ औं मिनेटमा पोर्चुगलका डियोगो जोटाले गोल गर्दै खेल ४-२ को स्थितिमा ल्याए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र जर्मनीले जित निकालेको हो ।

जितसँगै समूह ‘एफ’मा रहेको जर्मनीले पहिलो जित निकालेको छ ।जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० गोलले पराजित भएको थियो ।

पराजित पोर्चुगलको पनि २ खेलबाट ३ अंक छ र तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले पराजित गरेको थियो ।

शीर्ष स्थानमा रहेको फ्रान्सको २ खेलबाट ४ अंक छ ।पुछारमा रहेको हंगेरीको १ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi