neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १२०औं हप्ता सम्पन्न

गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १२०औं हप्ता सम्पन्न

Jun 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ५ असार

हाम्रो गोदावरी स्वच्छ सफा र सुन्दर गोदावरी नाराका साथ स्वयम्को सेवि भावनाले निरन्तर चलिरहेको गोदावरी सरसफाइ अभियानले आज १२० औं हप्ता को सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।कोभीड-१९ का कारण अभियन्ताहरु आ-आफ्नो घर वरपर सार्बजनिक स्थान सरसफाइ गरेर अभियानको मुल मर्म जनचेतना फैलाउने काम गरिरहेका छन ।

अभियानको १२० औं हप्तामा अभियानका सम्योजक बेबि राजभण्डारी र रोयल सम्राट कन्सर्न प्रा लि का प्रतिनिधि मन्जिल तामाङ्गले सुरक्षाकर्मीको लागि सरसफाइ सामाग्री मास्क, पन्जा र स्यानिटाइजर, लगायत महानगरिय प्रहरी प्रभाग बाडेगाउँका प्रमुख प्रहरी निरीक्षक सुजित कुमार ओझा र इलाका प्रहरी चौकी गोदावरीका प्रमुख प्रहरी सहायक निरीक्षक भिम कोइरालालाई हस्तान्तरण गरेका छन।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi